Thaha

Sunday 22 September - 10:39 am NST

नवनिर्वाचित सभामुख  घर्तीले आज पद तथा गोपनियताको सपथ लिँदै

काठमाडौं, १ कात्तिक । नवनिर्वाचित सभामुख ओनसरी घर्तीले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहन्छ । उहाँले दिउँसो ३ बजे सितल निवासमा राष्ट्रपति डाक्टर रामबरण यादवसँग सपथ लिन लाग्नु भएको हो । सपथपछि उहाँले आजै सिंहदरवार गएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।  

उपसभामुख गंगाप्रसाद यादवले भने भोलि सपथ लिनुहुनेछ । भोली सभामुख घर्तीसँग सपथ लिएर भोली नै कार्यभार समहाल्ने सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । संसदले गत शुक्रबार सभामुख र उपसभामुखको सर्वसम्मत चयन गरेको थियो । नेपालको इतिहासमा महिला सभामुख भएको यो पहिलो पटक हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायधिश गरी पाँच वटापद सम्मानित पद मानिन्छन् ।